पेस्तोल र तीन राउण्ड गोलीसहित सर्लाहीबाट दुईजना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले नलकटुवा पेस्तोल र ३ राउण्ड गोलीसहित मंगलबार दिउँसो दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्वर ६ स्थित प्रहरी बिट नजिकबाट बागमती नगरपालिका वडा नम्वर ८ बस्ने २८ वर्षीय अरुण लामा र २८ वषीएय अगबर अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नयाँ रोडबाट बरहथवातर्फ जादै गरेको उनीहरू सबार बिआर ३० जे–३०८० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा पेस्तोल र त्यसमा प्रयोग हुने ३ राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रबक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार