झलनाथ खनाल सोमबार स्वदेश फर्किने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्किने हुनुभएको छ ।

चन्द्रागिरी हिल्समा बसेको प्रस्तावित केन्द्रीय सदस्य र सांसदको दुई दिने बैठकमा नेता खनालले आगामी सोमबार आफू स्वदेश फर्कने जानकारी दिनुभएको हो ।

स्वदेश फर्किएपछि पार्टीलाई सशक्त रूपमा अघि बढाउने योजना सुनाउनुभएको छ । उहाँले केपी ओली प्रवृत्तिको अन्त्य गर्न एक हुने बेला आएको समेत बताउनुभयो । नेता खनालले जबजको युग सकिएको भन्दै अब समाजवादतिर अघि बढ्नुपर्ने धारणा समेत राख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार