आज सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन छापावाल सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ र तेजाबी सुन ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर १२ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी ११ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार