१८०१ कोरोना संक्रमित थपिए, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२ एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ । सोमवार १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै,पछिल्लो २४ घण्टामा १२ हजार ३४४ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्। देशभर ४९ लाख ४३ हजार ७३२ जनाले कोरोना खोपको पहिलो डोज लगाइसकेका छन् भने ३८ लाख ५७ हजार ५९८ जनाले खोपको पूर्ण डोज लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार