एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने

काठमाडौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे बस्ने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफल सकारात्मक भएपछि मध्यमार्गी नेताहरु मंगलबार बस्ने स्थायी कमिटीमा बस्न तयार भएको बताइएको छ । विभाजनमा नगएकाहरुलाई रोक्नका लागि ओली तत्काल तयार भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार