अझै केहि दिन मनसुन सक्रिय हुने, देशका धेरै स्थानमा झरी

काठमाडौं । आज पनि देशका अधिकांश स्थानमा पानी पर्ने संभावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन मनसुन सक्रिय हुनेछ ।

बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभावका कारण मनसुनी गतिविधि सक्रिय रहेको विभागले जनाएको हो । मौसमविद्हरुका अनुसार आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

केही स्थानमा भारी वर्षा हुनेछ । विभागले प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्ष्य, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हाल देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

सोमबार देशभर सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लगातार पानी पर्ने भएकोले पहाडी क्षेत्रमा पहिरो जाने संभावना छ । अझै केहि दिन सतर्क हुनुपर्ने मौसमविदहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार