दाङको तुलसीपुरबाट शुरु भयो ‘अग्रिम साप्ताहिक’को प्रकाशन

  पहिलोपेज समाचारदाता

 156 पटक हेरिएको

तुलसीपुर । दाङको तुलसीपुरबाट अग्रिम साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ । ‘स्वाधीनता, समृद्धि र समाजवादको यात्रा’ नाराका साथ प्रत्येक सोमबार प्रकाशन हुन लागेको हो ।

दाङमा छापा सञ्चारमाध्यमको नयाँ शैलीबाट प्रकाशन गर्न लागिएको प्रकाशक दीपक बोहराले बताउनुभयो । मुलुक संघीयतामा गएसँगै पत्रकारिताको पनि फरक अभ्यास गर्न सकिने भन्दै पत्रिका प्रकाशन गर्न लागिएको बताइएको छ ।

विज्ञान र प्रविधिको विकाससँगै डिजिटल मिडिया अगाडि आएको भएपनि छापा माध्यमका आफ्नै विशेषता रहेको भन्दै उहाँले छापा माध्यमको भविष्य पनि उज्ज्वल रहेको बताउनुभयो ।

उक्त पत्रिकाको सम्पादकमा अनिता पोख्रेल, प्रवन्ध निर्देशकमा हरिश गिरी तथा सहसम्पादकमा दुर्गा विक रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार