यी हुन माओवादी केन्द्रका ७ प्रदेश इन्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायीक कमिटी बैठकले ७ वटै प्रदेशको नेतृत्वको कार्यविभाजन गरेको छ । शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले कार्यविभाजन टुग्याएको हो ।

आजै सर्कुलर जारी हुने गरी कार्यविभाजन गरेको स्थायी कमिटी सदस्य बर्षमान पुनले जानकारी दिए । माओवादी केन्द्रले ७ वटै प्रदेश र ७७ वटै जिल्लामा नेतृत्व तोकेको छ ।

माओवादी केन्द्रका ७ वटै प्रदेशको नेतृत्व यस्तो रहेको छ । प्रदेश नं. २ मा स्थायी कमिटी सदस्य गणेश शाह इन्चार्ज तोकिएका छन् । बागमति प्रदेशमा हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज भएका छन् । लुम्बीनी प्रदेशमा चक्रपाणि खनाल , कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज तोकिएका छन् ।

त्यसै सुदुरपश्चिम प्रदेमा खगराज भट्ट इन्चार्ज तोकिएका छन् । प्रदेश नं. १ मा भने सुरेन्द्र कार्की र सावित्री काफ्ले मध्य कसलाई इन्चार्ज बनाउने टुगीएको छैन । माओवादीले कम्युनिष्ट केन्द्र निर्माणको अभियानलाई फेरी निरन्तरता दिने निर्णय पनि गरेको छ ।

यस अघि थालिएको प्रयासमा एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी कदम चालेका कारण बीचैमा तुहिएको निचोड निकालेको माओवादीले यसलाई फेरी निरन्तरता दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेता श्रेष्ठका अनुसार क्रान्तिकारी धाराका सबैलाई एकै केन्द्रमा ल्याउने गरी पहल गर्ने निर्णय भएको हो। माओवादीले पार्टीका विभागहरूमा प्रमुख तोक्ने काम पनि गरेको छ ।

राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने पनि निर्णय भएको उनले बताए । पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पार्ने काम गरेको र उक्त निर्देशिका पार्टीका तल्ला कमिटीमा पठाइने उनले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार