मानुषी लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि बाँडफाँड हुने भएको छ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँट हुने भएको छ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो।

त्यसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो। भाग्यमानी ३६ हजार ८५९ जनाले सो आईपीओ पाउने छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार