बुधवार र बिहीवार भारी वर्षा हुने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । मनसुनी प्रणाली सक्रिय हुदाँ आउने बुधबार र विहीबार देशभर भारी वार्षा हुने सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मनसुनी वायु न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले भारी वर्षा हुनेसक्ने महाशाखाकाे भनाइ छ ।

बुधवार र बिहीवार उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाका बरिष्ठ मौसमविद् वारुण पौडेलले अनुराेधसमेत गर्नुभएकाे छ ।

हाल मनसुनी वायु न्यूनचापीय रेखा नेपालमाभन्दा बाहिर रहेको जनाएको छ । केही दिनदेखि स्थानीय वायू सक्रिय रहेका कारणले खण्डवृष्टि हुने गरेको पौडेलले बताउनुभयो । आइतबारदेखि मंगलबार रातीसम्म सामान्य वर्षा हुनेछ । यस वर्षको मनसुनी अवधिमा सरदर औषतमा भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभागकाे पूर्वानुमान छ ।

तर हालसम्म दिउँसोभन्दा पनि रातीको समयमा सामान्य वर्षा भएर सरदरको औषत वर्षा मात्र भएको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।

मनसुनी प्रणाली असोज १५ गतेसम्म सक्रिय रहने भएकाले अझै भारी वर्ष हुने सम्भावना बढी रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार