१ हजार ९२० कोरोना सङ्क्रमित थपिए, २४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ । यससँगै निको हुनेको संख्या बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएाको छ ।
यो हिजो (शनिबार)भन्दा संक्रमितको संख्या केही कम हो । शनिबार दुई हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार ७०२ र एन्टिजेनबाट २१८जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ हजार ४४३ जनाको आरटी पीसीआर र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्यामा पनि केही कमी आएको हो । हिजो कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको थियो । अहिलेसम्म कोरोनाबाट नेपालमा १० हजार ५०९ पुगेको छ ।

त्यस्तै सोही अवधिमा दुई हजार २४८ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार