आज र भोलि नेप्से बन्द

काठमाडौं । सातामा पाँच कारोबार दिन सञ्चालन हुने शेयर बजार यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको छ ।

आइतवार र सोमवार सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ ।

आइतवार रक्षा बन्धन तथा जनै पूर्णिमाको देशभरी सार्वजनिक विदार सोमवार गाईजात्राका कारण उपत्यकामा विदा दिने निर्णय भएकाले बजार पनि बन्द हुने नेप्सेको भनाई छ ।

अब बजार मंगलबार बिहान ११ बजे खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक १८ दशमलव २४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा आएर कारोबार बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार