दाङमा १५६ जना सकृय संक्रमित, विहानै एक जनाको मृत्यु

दाङ । दाङमा हालसम्म कोरोना संक्रमणबाट २५९ जनाको मत्यु भएको छ । हालसम्म १२ हजार ४ सय ८९ जनामा पोजिटिभ देखिएको छ भने सकृय संक्रमित १५६ जना रहेको बताइएको छ । प्राप्त तथ्याङ्क अनुसार होम आईसोलेसन १५६ जना र १८ अस्पताल भर्ना भएका छन । दाङमा कोरोनाका कारणले मृत्यु हुनेको संख्या २५९ पुगेको छ । हिंजो १५ जनामा कोरोना पोजिटिभ भेटिएको थियो ।

विहानै एक जनाको मृत्यु
तुल्सिपुर उमनपा ६ दाङ्गका ५५ बर्षका पुरूषका आज विहान भेरि अञ्चल अस्पतालमा मृत्यु भएको छ । गत साउन २७ गते कोरोना पोजेटिभ देिएपछि २८ गते भेरी अस्पताल भर्ना भएका उनको आज विहान ०५ बजे निधन भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार