माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बदैछ ।

पार्टीको आगामी राष्ट्रिय सम्मेलन र त्यसको तयारी, पार्टी केन्द्रीय समितिले गरेका निर्णय कार्यान्व्यन गर्नका लागि आवश्यक संरचना निमार्ण, केन्द्रीय समिति सदस्यहरु थप गर्नेलगायत विषयमा हिजो देखि छलफल सुरु भएको थियो ।

आजको बैठकमा यीनै विषयमा निर्णय हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम समेत टुंगो लगाउन बाँकी छ । सरकार विस्तारको तयारीसँगै स्थायी समितिले मन्त्रीहुनेहरुको नाम पनि टुंगो लगाउने माओवादीको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार