थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं । नेपालमा थप दुई हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४२४ र एन्टीजेन विधिबाट ६५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ३२१ छ ।

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३८२ जना कोरोनाका बिरामी निको भएका छन्। नेपालमा हालसम्म ६ लाख ९५ हजार ९२५ कोरोना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ३० जना कोरोनाका बिरामीको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म १० हजार ४८५ जना कोरोनाका बिरामीको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार