बहुप्रतिभाशाली नायिका रेखा थापाको आज जन्मदिन, शुभकामनाको ओइरो

  पहिलोपेज समाचारदाता

 245 पटक हेरिएको

काठमाडौँ । बहुचर्चित तथा लोकप्रिय नायिका रेखा थापाको आज जन्मदिन परेको छ । मोरङको सलकपुरमा जन्मिएकी निडर स्वभावकी नायिका थापालाई नेपालकी लेडी सिंघमको उपमा पनि दिन थालिएको छ ।

जन्मदिनको दिनको अवसरमा नायिका थापालाई एकाबिहानैदेखि आफन्तजन, शुभचिन्तक र सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले शुभकामना दिइरहेका छन् । सामाजिक सञ्जालमा उनलाई बधाईको ओइरो लागेको छ ।

चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी रेखाले सयौं नेपाली चलचित्रहरुमा सफल नायिकाको भूमिका निर्वाह गरिसकेकी छन् । पछिल्लो समय चलचित्र निर्माता हुँदै निर्देशनसम्मको सफल यात्रा तय गरिसकेकी छन् । मितिनी, धड्कन, हामी तीन भाइ, कर्णवीर, दुर्गा, देवर बाबु, किस्मत, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, मालिका, तथास्तु, लगायतका चलचित्रमा उनको एक्सन अवतारमा देख्न सकिन्छ ।

नायिका थापाले पछिल्लो चरणमा विशुद्ध मनोरञ्जनमात्र होइन चलचित्रमार्फत समाजमा व्याप्त विभेदविरुद्ध आवाज बुलन्द गर्दै आएकी छन् । उनले बालविवाह, महिला हिंसा जस्ता कुप्रथाका विरुद्ध चेतनामूलक अभियान समेत सञ्चालन गर्दै आएकी छन् । बहुप्रतिभाशाली नायिका रेखालाई जन्मदिनको असीम बधाई अनि शुभकामना !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार