निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् भदाै ५ गतेदेखि ११ गतेसम्मको साप्ताहिक राशिफल

मेष : यो हप्ता सफल यात्राको योग छ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । पुनर्मिलनको योग रहेको र उपहार पनि मिल्न सक्छ । मङ्गलवारबाट घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा सिन्दुरे हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

वृष : यो साता सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् र नयाँ कार्यको योजना बन्नेछ । लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ । शुभ कार्य, यज्ञयज्ञादी तथा धार्मिक कृत्यमा विशेष सहभागिताको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

मिथुन : यो हप्ता नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । सामाजिक र राजनैतिक कामबाट प्रशंसा प्राप्त हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि मान्यजनको आशीर्वाद लिएर कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट : यो सातामा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै बाहन लाभ हुने समय छ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।

सिंह : यो साता हराएको आत्मविश्वास जाग्नेछ । नयाँ सम्बन्ध स्थापित हुनेछ । प्राविधिक कार्यबाट अधिक सफलता मिल्नेछ । वैदेशिक कार्य सहजै अघि बढ्नेछ । व्यापार तथा सेयर कारोबारमा लाभ हुनेछ । धर्मकर्म तथा समाजसेवामा पनि मन लाग्ने र लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन वा स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

कन्या : यो साता शुभ समाचार सुन्न पाइएला । आफन्तसँग भेटघाट हुनेछ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । भौतिक कारोबारमा विशेष लाभ मिल्नेछ । साताको मध्यमा नियमित खर्च बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्गमा कमी पनि आउनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा हरियो हो । शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ ।

तुला : यो साता शुभ कार्यको लागि लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ अतः सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

वृश्चिक : यो साताको सुरुका दिनमा विश्वास पात्रले भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ । गाडी चलाउँदा वा यात्रागर्दा सावधानी अपनाउनु नै पर्नेछ । साताको अन्त्यमा मनोरञ्जन र रोमाञ्चक यात्राको योग छ । नयाँ कार्यको योजना पनि बन्नेछ । यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग निलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको स्मरण गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

धनु : यो साता रोकिएका र पुराना अधुरा कार्य पुन: प्रारम्भ हुनेछन्। सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । वैदेशिक क्षेत्रबाट सफलता पाइने र रमाइलो यात्रा हुनेछ । नयाँ र राम्रा अवसरहरू प्राप्त हुनेछन् । कृषि क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको पूजा अर्चनागरीगरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

मकर : यो साता धार्मिक तथा शुभकार्यको लागि यात्राको योग रहेको छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कलकारखाना र बन्दव्यापारमा विस्तारै फाइदा हुन थाल्छ । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ : यो सातामा नयाँ र राम्रा अवसरहरू प्राप्त हुनेछन् । बहु प्रतीक्षित र रोकिएको काम पूरा हुनसक्छ । शेयर बजारको लगानीले सफलता दिलाउनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । ठूलाबडाको आशीर्वादले भने बढी सफल बनाउनसक्छ । यो साताका लागि शुभ अङ्क ७ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा राम्रो हुन्छ ।

मीन : यो सातामा आफूले बोलेको र भनेको कुराको विपरीत अर्थ लाग्नसक्छ । बेफाइदाका यात्रा पनि हुनसक्छ । साताको अन्त्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्षउमङ्ग र उत्साह छाउला । प्रविधि र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा बढी सफलता मिलन सक्छ। (यो साता कन्या, वृश्चिक, मीन राशी बाहेक प्राय सबै राशिका लागि शुभ देखिन्छ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार