बैतडीमा पहिरोले दुई घर बगायो

बैतडी । बैतडीमा पहिरोले दुई घर बगाएको छ। लगातार परेको भीषण वर्षाका कारण पहिरो गएको हो। बिहीबार राति खसेको पहिरोले पाटन नगरपालिका–१० का हर्कबहादुर कुँवर र हिक्मत कुँवरको घर बगाएको हो।

पहिरोले एक लाख ५० हजार बराबरको नगद र खाद्यान्नमा क्षति पुगेको बताइएको छ। पहिरोमा मानवीय क्षति भने नभएको बताइएको छ। पहिरो जान लाग्दालाग्दै मानिसहरुले भागेर ज्यान बचाएको त्यहाँको प्रहरीले जानकारी दिएको छ।

यस्तै अन्य १० वटा घर पहिरोको उच्च जोखिममा रहेका छन्। स्थानीय इन्द्रबहादुर कुँवर, भगीरथ कुँवर र भुपेन्द्र कुँवरको घर पहिरोको जोखिममा रहेका हुन्। साथै हरि सार्की, अमरबहादुर चन्द, रामबहादुर चन्द, गगनबहादुर चन्द, बल्देव लुहार र इन्द्रबहादुर कुँवरको घर पहिरोको जोखिममा रहेको वडाअध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिए।

पहिरोको उच्च जोखिममा रहेका हरी सार्की, रामबहादुर चन्द र अमरबहादुर चन्दको परिवार विस्थापित भएका छन्। उनीहरु छिमेकीको घरमा बसिरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार