माधव नेपाल नेतृत्वको पार्टीले भदौ ९ गते दर्ता प्रमाण पत्र पाउने

काठमाडौं । निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि भदौ ९ गते सनाखत गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको आयोगको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्न लागेको हो ।

नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आउँदो साता मात्रै दर्ता प्रमाण पत्र पाउने भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार