३ हजार ४२ संक्रमित थपिए, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ०४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार २४४ जना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० जनाको पीसीआर परीक्षणमा २ हजार ०७९ र ७ हजार १२४ को एन्टिजेन परीक्षणमा ९६३ जना गरी ३ हजार ०४२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ४४ हजार ३०७ जना पुगेको छ ।

जसमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा र ३ हजार ३८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ४५५ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार ३,०७५ जना संक्रमित थपिँदा ३३ जनाको मृत्यु भएको थियो भने २,१२६ जना डिस्चार्ज भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार