सभामुख नआएपछि डेढ घण्टा धर्ना बसेर हिँडे एमाले सांसद्

काठमाडौं । नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सभामुखमाथि दबाव दिएको छ ।

एमाले सांसदहरु शुक्रबार पनि सभामुख अग्नि सापकोटाको कार्यकक्षमा हुन् । उनीहरु डेढ घण्टा बस्दा पनि सभामुख सापकोटा भने आएनन् ।

सभामुख सापकोटाले भने आज बाहिर रहेकाले शुक्रबार संसदमा नआउने जानकारी गराएका छन् ।

‘उहाँले मेरो पूर्व सभामुख सुवास नेम्वाङसँग कुराकानी भएको छ, थप दबाव दिनु परेन । जतिसक्दो छिटो निर्णय गर्छु भन्नुभयो,’ एमाले सांसद महेश बस्नेत भन्छन्, ‘डेढ घण्टा धर्ना बस्दा पनि उहाँ नआएपछि हामी हिंड्यौं ।’

एमालेले माधवकमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न पत्र लेखेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार