आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य हिजो बिहीबारको भन्दा ४०० रुपैयाँले घटेको बताएको छ ।

जसअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ ।

सुनचाँदी व्यवसायी महासंघले हिजो बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा किनबेच भएको बताएको छ । सुनको मूल्य घटे पनि आज चाँदीको मूल्य भने उकालो लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार