प्रदेश २ मा एमालेभन्दा एमाले समाजवादी बलियो

जनकपुरधाम । प्रदेश २ मा नेकपा एमाले भन्दा नवगठित माधवकुमार नेपालको एमाले समाजवादी बलियो भएको देखिएको छ । प्रदेश २ को प्रदेशसभामा एमालेका भन्दा एमाले समाजवादीका सांसद बढी भएको देखिएको छ ।

२०७४ सालमा तत्कालीन एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्दा प्रदेश २ मा एमालेका २१ र माओवादीका ११ गरी नेकपाका ३२ सांसद थिए ।

अहिले दुबै पार्टी पुरानो अवस्थामा फर्किदा एमालेमा २१ सांसद छन् । प्रदेशसभामा एमालेबाट प्रतिनिधित्व गर्ने कुल २१ सांसदमध्ये १३ जना माधव पक्षमा खुलेका छन् भने एमालेमा ८ जना मात्रै बाँकी रहेको देखिएको छ ।

एमाले संसदीय दलका नेता शत्रुधन मण्डल, उपनेता रवीन्द्र बैठा धोबी र सचेतक सुन्दर बहादुर विश्वकर्मा पनि एमाले समाजवादीमा लागेको बताइएकाे छ ।

माधव नेपालले नयाँ पार्टी गठन गरेपछि नेकपा एमालेका सांसद सत्यनारायण मण्डल पुनः संसदीय दलका नेता बन्नुभएको छ ।

एमालेमा रहेका ८ सांसद 

सत्यनारायण मण्डल, सप्तरी
त्रिलोकी प्रसाद, बारा
अनिता कुमारी यादव, धनुषा
शारदादेवी थापा, महोत्तरी
लगनलाल चौधरी, सिरहा
डा. मनोज कुमार सिंह, सप्तरी
जगतारैन देवी सुडीन, सिरहा
किशोरी साह कमल, धनुषा

एमाले समाजवादीमा खुलेका १३ सांसद

अशोककुमार यादव, सिरहा
गोविन्दबहादुर न्यौपाने, सप्तरी
डिल्लीप्रसाद उप्रेती, सर्लाही
नागेन्द्र राय यादव, रौतहट
प्रमोदकुमार यादव, सिरहा
मदनसेन प्रसाद श्रीवास्तव, सिरहा
मन्जुकुमारी यादव, महोत्तरी
रवीन्द्र बैठा धोवी, सर्लाही
बेची लुंगेली, सर्लाही
शत्रुधन महतो, धनुषा
सीता गुरुङ, बारा
सुन्दरबहादुर विश्वकर्मा, बारा
हसिमा खातुन, रौतहट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार