शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप

काठमाडाैं । काठमाडौंमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् ।

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने भएकाे हाे ।

सरकारका अनुसार ९ वटा अस्पतालबाट खाेप लिन सकिनेछ । यस्तै, काठमाडाैं महानगरका ३२ वटै वडा र नगरपालिकाकाे हकमा पालिकाले ताेकेकाे केन्द्रबाट समेत खाेप लगाउन सकिनेछ ।

काठमाडौं ।  भोलिदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई काेराेना विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिन शुरू गरिने भएको छ ।

१८ वर्ष माथिका कक्षा ११ र १२ मा अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताउनुभयाे ।

खोप अभियान भदौ ४, ५ र ६ गतेसम्म सञ्चालन हुने खड्काकाे भनाइ छ ।

खोप लगाउन काठमाडौंका विभिन्न सरकारी अस्पताल र संस्थालाई केन्द्र तोकिएको छ भने आवश्यकता अनुसार स्थानीय तहले थप खाेप केन्द्र तोक्न सक्ने अधिकार दिइएकाे बताइएकाे छ ।

यी हुन् खोप लगाउने केन्द्रहरुः

वीर अस्पताल, रत्नपार्क
निजामति कर्मचारी अस्पताल, वानेश्वर
सशस्त्र प्रहरी अस्पताल, बलम्बु
वीरेन्द्र सैनिक अस्पताल, छाउनी
राधास्वामी आइसोलेसन सेन्टर, सामाखुसी
नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज
परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथली
शिक्षण अस्पताल, महाराजगञ्ज

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार