प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्न सिफारिस

काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको बढुवाक लागि सिफारिस गरेको छ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले कायममुकायम प्रधानसेनापति शर्मालाई महारथी पदमा पदोन्नती गरिएको हो।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाएपछि शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नेछन् । अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा साउन २५ देखि बिदा बसेका थिए ।

यस अघि साउन १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको कामु प्रधानसेनापतिमा शर्मालाई नियुक्त गरेकी थिईन् ।

त्यतिबेला प्रधानसेनापति पूर्णचन्द्र थापाले ३ वर्षे पदावधिका कारण भदौ २४ बाट अनिवार्य अवकाश पाउने भएकाले राष्ट्रपति भण्डारीले शर्मालाई कायम मुकायम प्रधानसेनापति तोकेकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार