थप ३०७५ जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार १२६ जना संक्रमणमुक्त भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ जनाको पीसीआर परीक्षणमा २ हजार ३२१ र ४ हजार ४९२ को एन्टिजेन परीक्षणमा ७५४ जना गरी ३ हजार ०७५ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ४२ हजार २२८ जना पुगेको छ ।

जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा र ३ हजार ३८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ४२९ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार ३,४०३ जना संक्रमित थपिँदा ४२ जनाको मृत्यु भएको थियो भने २,१०४ जना डिस्चार्ज भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार