‘देश बनाउने अभियानको नेतृत्व गर्छौं’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर एमालेकै बहुमतको सरकार रहेको दावी गरेका छन् ।

बिहीबार जिल्ला समन्वय समिति भक्तपुरले आयोजना गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएर प्रदेश र स्थानीय तहमा बहुमतको सरकार भएकाे दावी गरेका हुन् ।

प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै अध्यक्ष ओलीले आफूले भने,’मेरो कुरा सुन्दा तपाईहरुलाई सरकारमै भएको जसरी कुरा गर्छ भन्ने लाग्ला, हामी अहिले पनि बहुमतमा नै छौँ । स्थानीय तह र प्रदेश सरकारमा हाम्रो नै बहुमत छ । हामी अहिले पनि देश बनाउने अभियानको नेतृत्व गरिरहेका छौँ ।’

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार