पहिरोमा पुरिएका ४ मध्ये २ जनाको शव भेटियो

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोमा परि बेपत्ता भएका चारमध्ये दुई जनाको शव भेटिएको छ । ३२ वर्षीया कमला गलान र उनकी कान्छी छोरी ८ वर्षीया सुकुमाया गलानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए ।

बेपत्ता भएका ११ वर्षीया सोकिता गलान र ७ वर्षीय आशिष गलानको खोजि कार्य भइरहेको उनले बताए । गम्भीर घाइते अवस्थामा उद्धार गरि नुवाकोट पठाइएका ३६ वर्षीय श्यामबहादुर गलान तामाङको थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

एक तले जस्ताले छाएको घरमाथि सडकको डिल भासिँदा एक घर पहिरोले पुरेको छ । घटनास्थलमा स्थानीयबासी, सेना र प्रहरी उद्धारमा खटिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार