रसुवामा पहिरोमा परी आमा र दुई बच्चाको ज्यान गयो

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोमा परी एकैघरका ३ जनाको ज्यान गएको छ। कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो।

पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए। त्यस्तै पहिरोमा परी एक जना बेपत्ता भएका छन्।

नौकुण्ड गाउँपालिका–५ मा अर्का एक बच्चाको खोजीकार्य जारी रहेको बताइएको छ। श्यामबहादुर पनि घाइते भएको र उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पहिरो बिहान करिब साढे ३ बजेतिर गएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार