यी हुन माधव नेपाललाई धोका दिएका १० नेता

काठमाडौं । माधव नेपालको नेतृत्वमा एमालेबाट विभाजित समूहले नेकपा एमाले (समाजवादी) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

एमाले समाजवादीको अध्यक्षमा नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल छन् । सो पार्टीले ९५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

एमाले स्थायी समिति सदस्यमध्ये मुकुन्द न्यौपाने र डा. वेदुराम भुसालले मात्र नेता नेपाललाई साथ दिएका छन् । २३ सदस्यीय एमाले स्थायी समितिमा १३ जना नेपालका पक्षमा थिए ।

१३ मध्ये स्थायी नेपाल र खनालसहित ४ जना मात्र पार्टी विभाजनमा लागेका छन् । नेता नेपालका अत्यन्तै विश्वास पात्र मानिने नेता रघुजी पन्तले समेत पार्टी विभाजनमा उनलाई साथ दिएनन् ।

तत्कालीन नेकपा र एमालेमा समेत केपी ओलीविरुद्धको आन्तर संघर्षमा नेपाललाई साथ दिएका धेरै नेता मुलधारकै एमालेमा रहेका छन् ।

कतिपय अवस्थामा नेता नेपालभन्दा ओलीप्रति असहिष्णु व्यवहार र अभिव्यक्ति दिँदै आएका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्णराज विष्ट र भीम आचार्य अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा मुलधारकै एमालेमा रहेका छन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकामा ती सबै नेताले आपत्ति जनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार