‘जसपा लोकतान्त्रिक’ पार्टी दर्ता, चुनाव चिन्ह साईकल

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई आधिकारिकता दिएसँगै पार्टीविहिन बनेको महत्थ ठाकुर पक्षीय जसपाले नयाँ दल दर्ता गरेको छ ।

आज निर्वाचन आयोगमा ‘जसपा लोकतान्त्रिक’ पार्टी दर्ता भएको छ । नयाँ पार्टीले साईकल चुनाव चिन्ह पाएको छ । नयाँ दल दर्तापछि महन्थ ठाकुर पक्षले पार्टीलाई सशक्त बनाउने घोषणा गरेको छ ।

निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो पार्टीको वरिष्ठ नेताको जिम्मेवारी पाएका राजेन्द्र महतोले पार्टीलाई सशक्त ढंगले अघि बढाइने जानकारी दिए ।

उनले एकताबद्ध रहेको पार्टीलाई उपेन्द्र यादवले फुटाई दिएको आरोप लगाउँदै नयाँ पार्टी बनाउनु आफूहरुको बाध्यता रहेको बताए । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।

यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने महतोको भनाइ छ । आफूहरुको पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ सांसद रहेको महतोले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार