अफगानिस्तानबाट भागेका राष्ट्रपति गनी युएईमा भेटिए

काठमाडौं । अफगानिस्तानमा विद्रोही समूह तालिबानको शासन शुरु भइसकेको छ। गत आइतबार तालिबानले देशको राजधानी काबुल कब्जा गरेपछि अफगानि राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका थिए।

भिडियो देखिएअनुसार हात हल्लाउँदै विमान चढेका गनी उज्वेकिस्तान हाँक्किएको अनुमान गरिएको थियो। तर, हालै प्राप्त जानकारीअनुसार उनी युएईमा रहेका छन्। गनी आफ्नो परिवारसहित अबुधावी पुगेको खुलेको युएई सरकारले पुष्टि गरेको छ।

युएईको परराष्ट्र मन्त्रालय र अन्तर्राष्ट्रिय कर्पोरेशनले युएईले राष्ट्रपति गनी र उनको परिवारलाई स्वागत गरेको जानकारी दिएका छन्। तालिबानबाट खतरा हुन सकने भन्दै विभिन्न देशहरुले त्यहाँबाट आफ्नो नागरिकलाई उद्धार गरिरहेका छन्। यद्यपि तालिबानी नेताहरुले कसैलाई हानी नगर्ने बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार