कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय दुई साता बन्द

सुर्खेत । जिल्ला मालपोत कार्यालय सुर्खेतका कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि दुई साताका लागि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । मालपोत कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुई साता सेवा प्रवाह स्थगन गरिएको हो ।

सो अवधिमा विभाग, अदालत, प्रशासन, अन्तरसम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने नियमित संचालन हुने कार्यालयले जनाएको छ ।
कोरोनाको जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेरै सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला कर्मचारीमा संक्रमण पुष्टि भएपछि केही दिन सेवा प्रवाह बन्द गर्नुपरेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार