गहना किन्दै हुनुहुन्छ ? हेर्नुहोस् कति छ सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९१ हजार २०० रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ ९० हजार ७०० रुपैयाँ रहेको छ ।

मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९१ हजार र तेजावी सुनको भाउ ९० हजार ५० सय रहेको थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने घटेको छ । हिजो (मंगलबार) चाँदीको भाउ १२ सय १० रुपैयाँमा कारोबार भएकोमा आज घटेर तोलामा १२ सय ५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार