खगेन्द्र लामिछानेलाई पुत्री लाभ

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने र उनकी पत्नी रोजिना सिटौलालाई पुत्री लाभ भएको छ । उनकी धर्मपत्नी रोजिनाले बुधवार बिहान करिब ९ बजे सन्तानलाई जन्म दिएकी हुन् ।

पहिलो सन्तानको बाबु बन्न पाएको खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत खगेन्द्रले छोरीको बाबु बनेको जानकारी दिएका हुन् ।

फोटो सेयर गर्दै खगेन्द्रले लेखेका छन्,’यस संसारमा तिमीलाई स्वागत छ छोरी ।’ विभिन्न सामाजिक सञ्जालमार्फत उनका शुभचिन्तकहरूले खगेन्द्रलाई बधाई दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार