‘सुपर डान्सर ४’ को सेटमा फर्किइन् अभिनेत्री शिल्पा शेट्टी

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटमा फर्किएकी छन् । उनी यसैसाताबाट रियालिटी शोको सेटमा फर्किएकी हुन् ।

शिल्पाले गत जुलाई १९ मा पति राज कुन्द्रा पोर्नोग्राफी मुद्धामा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटबाट ब्रेक लिएकी थिइन् ।

श्रीमानका कारण तनावमा रहेकी शिल्पा ३ हप्तापछि शोमा फर्किएकी हुन् । उनले रियालिटी शोबाट ब्रेक लिएपछि उनको जजका रुपमा अभाव खड्किएको दर्शकले महशुस गरेका थिए ।

सन् २०१६ देखि नै शोमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी शिल्पालको पुनरागमनले अहिले रियालिटी शोका दर्शक तथा निर्माता खुसी देखिएका छन् । रियालिटी शोमा शिल्पासहित अनुराग बसु र गीता कपूर निर्णायकका रुपमा काम गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार