मेलम्ची नदीको बाढीले थप तीन घर बगायो, बेपत्ता २० जनाको अवस्था अझै अज्ञात

काठमाडौं । अबिरल वर्षासँगै मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ ।

मंगलवार राति आएको बाढीले मेलम्ची ६ नेपाने बगरको ३ घर बगाएको स्थानीय भिमसेन थापाले जानकारी दिनुभयो ।

स्थानीयय कृष्णबहादुर थापा, भोजबहादुर थापा र दिपेश थापाको घर बगाएको थापाले जानकारी दिनुभयो । बाढीबाट थप घरहरु र बाटो समेत जोखिममा रहेको उहाँले बताउनुभयो ।

मंगलवार राति बगाएका घरहरु यसअघिको बाढीले जोखिममा रहेका घर रहेको र सामान र मानिस सरिसकेकोले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी ,प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाएको छ ।

असार १ , साउन १६ पछिका निरन्तर बाढीले पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । २० जना अझै बेपत्ता छन् । उनीहरुको अवस्था अझै अज्ञात रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार