गगन थापाले भने- अध्यादेश हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले संसदको अधिवेशन छलेर ल्याउने अध्यादेश जसले ल्याएपनि गलत हुने बताएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आईतबार राति संसद अधिवेशन अन्त्य गरेर सोमबार अध्यादेश ल्याउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो ।

त्यसको विरोध गर्दै नेता थापाले जसले ल्याएको भएपनि अध्यादेश हिजो आज र भोली पनि गलत हुने बताए । हिजो अध्यादेशको विरोध गर्नेलाई आज समर्थन गर्ने र हिजो समर्थन गर्नेलाई आज विरोध गर्ने अधिकार नहुने पनि उनले तर्क गरेका छन् ।

थापाले लेखेका छन्: संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत १ हिजो गलत,आज गलत,सधैं गलत,जसले गरेपनि गलत 👎️ हिजो ओलीले ल्याउँदा गलत भन्ने,त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैनरहुँदैन।समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ। संगैमा,गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार,समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैन र हुँदैन।विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार