थप ३,२७४ जनामा काेराेना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ भने  २७ जनाको मृत्यु भएको छ । १ हजार ९२९ जना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार ११ हजार ५६५ जनाको पीसीआर परीक्षणमा २ हजार ४५६ र ६ हजार १२४ को एन्टिजेन परीक्षणमा ८१८ जना गरी ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ३७ हजार २९४ जना पुगेको छ ।

जसमध्ये ३६ हजार ५७५ जना होम आइसोलेसनमा र ३ हजार २९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ३५४ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार ३,४५१ जना संक्रमित थपिँदा ३५ जनाको मृत्यु भएको थियो भने २,४५८ जना डिस्चार्ज भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार