नयाँ दल दर्ता गर्ने माधव नेपालको तयारी

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् ।

सरकारले २० प्रतिशत केन्द्रीय सदस्यहरूले चाहेमा दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेपछि नेपाल समूहका सांसदहरु एकै ठाउँमा भेला भएका हुन्।

भेलामा नेता नेपालसहित उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् ।  आगामी योजनाबारे छलफल गर्न सो समूहका सांसदहरुको भेला भएको बताइएकाे छ ।

यसअघि नेपाल समूहका नेता मेटमणि चौधरीले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भन्दै आफूहरु एमाले विभाजन गर्ने अन्तिम तयारीमा रहेकाे र छिट्टै सरकारमा सहभागी हुने बताएका थिए ।

नेपाल पक्षका एक नेताका अनुसार सरकारको उक्त निर्णयपछि उत्साहित बनेका नेता नेपालले अब नयाँ दल दर्ता प्रक्रिया सुरु गरिहाल्ने बताएका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार