सबै सरकारी अधिकारीलाई आममाफी दिने तालिबानकाे घोषणा

काठमाडौं । सशस्त्र विद्रोही समूह तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ ।

करिव २० बर्षपछि पुन सत्तामा फर्किएको तालिबानले मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह समेत गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ।

अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि त्यहाँ रहेका मानिसहरु डराउदै देश छाडेर भाग्न थालेपछि तालिबानले सरकारी अधिकारीलाई आममाफीको घोषणा गरेको हो ।

‘सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरुले आफ्नो दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्न सक्नुहुन्छ, ‘तालिवानलाई उधृत गर्दै एफपीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार