विवाह चलिरहँदा सुहागरात…

काठमाडौं । चीनमा एउटा अनौठो परम्परा छ जसले हामी सबैलाई चकित बनाउँछ । हाम्रो समाजमा पनि विवाहका विभिन्न रीतिरिवाज परम्परा छन् तर चीनको यो परम्पारा साँच्चै नै अनौठो छ ।

यो परम्पराअनुसार विवाह सकिएपछि दुलहीको कपडा दुहालाका साथीले खोल्नुपर्ने खेल खेलिन्छ । बेहुलाका साथीहरुले बेहुलीलाई आफ्नो काँधमा राखेर उठाउने र कपडा उतार्ने छन् । बेहुलीका साथीहरुले बेहुलीलाई बचाउने कोशिस गर्छन् । बेहुलीको कपडा खोलिएमा बेहुला पक्षले जितेको र बेहुलीको कपडा खोल्न नसकेमा बेहुली पक्षले जितेको मानिन्छ ।

त्यसैगरी विवाहमा एउटा यस्तो अर्को खेल खेलिन्छ जुन अनौठो छ । यहाँ विवाह चलिरहँदा अन्य नवविवाहित जोडिले सुहागरातको अभिनय गर्नुपर्ने हुन्छ । यस खेलका लागि नवविवाहित जोडिले कम्बल ओढेर सुहागरातको अभिनय गर्छन् ।

विश्वभर यस परम्पराको विरोध भएपछि चीनको एक शहरले अब वैवाहिक समारोहमा यस्तो उच्छृङ्खल खेल खेलाउन प्रतिबन्ध लगाएको छ । चीनको सेनडान्ग प्रान्तस्थित जोजिङ सिटीले भर्खरै एक सुचना जारी गर्दै यस्तो खेल खेलाउन रोक लगाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार