१५० नेपाली बसेको होटल छाड्न तालिबानको आदेश

काठमाडाैं । तालिवानले काबुलको एक होटलमा बसिरहेका नेपाली सुरक्षा गार्डसहित विदेशी कामदारलाई तत्काल छाड्न आदेश दिएको छ ।

होटलमा रहेका एक सय ५० जना नेपाली सुरक्षागार्ड सहित अन्य विदेशी नागरिकलाई विमानस्थलमा गएर बस्न उर्दी जारी गरेकाे हाे ।

हाेटलमा नेपालीसहित जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नागरिक छन्न । होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिएकाे अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ ।

टलबाट विमानस्थल दुई किलोमिटर मात्रै टाढा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार