स्याङ्जामा जारी निषेधाज्ञा भदाै १० गतेसम्म लम्बियाे

स्याङ्जा । जिल्लामा निषेधाज्ञा दश दनि थप गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गर्दै यस अघि कायम रहेको निषेधाज्ञालाई बढाएर भदौ १० गते सम्म पुर्याइएको जानकारी दिएको हो ।

गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा बढ्दै गएकाले निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको आदेशमा भनिएको छ ।

प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञामा जिल्लामा अझै पनि संक्रमणको जोखिम कायम रहेकोले संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाल सरकार मन्त्रीपरिषद्को २०७८/०१/१३ को निर्णय तथा जिल्ला सुरक्षा समितिको साउन ३२ गते बसेको बैठकको निर्णय ससेतका आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)ले दिएको अधिकार प्रयोग गरी साउन ३२ गते राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्म जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार