जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्णय सदर

काठमाडौं । सर्वोच्च अदालतले जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ ।

न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सोमबार आयोगको विरुद्ध महन्थ ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

ठाकुरको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले आयोगको निर्णयलाई नै मान्यता दिँदै ठाकुरको माग अस्वीकार गरेको हो ।

आयोगको निर्णयले तत्काल ठाकुर पक्षलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको अदालतको आदेशमा उल्लेख छ ।

ठाकुरको पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो, प्रकाशबहादुर केसी, विजयकान्त मैनाली, ईश्वरी भट्टराईलगायतले बहस गर्नुभएको थियो ।

यस्तै उपेन्द्र यादवको पक्षबाट महादेव यादव, हरिहर दाहाल,मुक्तिm प्रधान,दिनेश त्रिपाठी,टिकाराम भट्टराई,वीरेन्द्र ठाकुर,दिनमणी पोखरेल लगायतले बहस गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार