३ हजार ४५१ संक्रमित थपिए, ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा २ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ०९३ जनाको पीसीआर परीक्षणमा २ हजार ५६५ र ५ हजार ५१८ को एन्टिजेन परीक्षणमा ८८५ जना गरी ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ३४ हजार ८३८ जना पुगेको छ ।

जसमध्ये ३६ हजार ०३६ जना होम आइसोलेसनमा र ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ३२७ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो आइतबार २,२१२ जनामा संक्रमण पुष्टि हुँदा ३३ जनाको मृत्यु भएको थियो भने १,८६७ जना डिस्चार्ज भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार