आज ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ८९ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार ७ सय रहेको छ भने तेजावी सुनको भाउ ९० हजार २ सय रहेको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदीको भाउ ११ सय ८५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२ सय ५ कायम गरिएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार