तालिबानद्वारा काबुलबाहेक सबै प्रमुख सहरमाथि कब्जा

काठमाडौं । अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुलतर्फ तीव्र रूपमा अगाडि बढ्दै गर्दा त्यहाँ तनाव चुलिँदो छ।

लडाकुहरूले पूर्वी सहर जलालाबादमाथि आइतवार बिहानै नियन्त्रण कायम गरेका छन्।

योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।

अर्को महत्त्वपूर्ण उत्तरी सहर मजार-ए-शरिफमाथि कब्जा जमाएको भोलिपल्ट लडाकुहरूले पछिल्लो सफलता हासिल गरेका हुन्।

सरकारी फौजहरूको विफलतासँगै राष्ट्रपति अशरफ गनीमाथि राजीनामा गर्न दबाव बढ्दो छ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले तनावग्रस्त अफगानिस्तानबाट आफ्ना नागरिकहरूको उद्धार गर्नका निम्ति पाँच हजार फौज पठाउन लागेको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार