मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । साउन २७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । मागभन्दा ६५.२० गुणा बढी आवेदन परिसकेको यस कम्पनीको आईपीओ छिटो अवधि साउन ३१ गतेसम्म मात्र विक्रीमा रहने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार शुक्रवार साँझ ५ः ३० बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि विक्री गरिने छ ।

आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको सफ्टवेयरबाट पनि आवेदन दिन सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार