माओवादी नेताहरुलाई कोरोना पो छ कि ?

  पहिलोपेज

 246 पटक हेरिएको

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको कोरोना परीक्षण गरिएको छ । बैठकअघि नेताहरुमा कोरोना भाइरस भए÷नभएको एकिन गर्न त्यस्तो परीक्षण गरिएको हो ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको केन्द्रीय कमिटीकोे बैठक अघि नेताहरुको एन्टिजेन परीक्षण गरिएको हो । परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएका सदस्यहरुलाई बैठकमा सहभागी गराइएको माओवादी केन्द्रले जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा ठाउँको अभाव भएपछि माओवादीले अनुपम फुडल्याण्डमा बैठक आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार